स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते, पोखरा रिफर

पोखरा न्युज – ०६, जेठ ।

स्याङ्जाको वालिङ नगरपालिका ८ शितलनगर स्थित सिद्धार्थ राजमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परि एक जना घाइते भएका छन् ।

वालिङ बाट रामबाच्छा तर्फ जांदै गरेको ग ७ प ३२८३ नम्बरको मोटरसाइकललाई लु २३ प ९४१९ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा दुर्घटना हुँदा वालिङ नगरपालिका ९ बस्ने ३५ बर्षीया  बिष्णु बि.क. घाइते भएको प्रहरी उपरीक्षक
बिरेन्द्र कुमार बस्यालले जानकारी दिए । बि.क. लु २३ प ९४१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार  प्रहरिले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार घाईते बि.क. लाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा  सामान्य उपचार पश्चात थप उपचारको लागि  गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।  दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button