बागलुङमा बनमा आगलागी, १८ वटा बाख्रा जलेर मरे

पोखरा न्युज – ०६ जेठ । 

बागलुङमा बनमा आगलागी हुँदा १८ वटा बाख्रा जलेर मरेका छन् ।

आइतबार बिहान करिब ११ बजेको समयमा बागलुङको ढोरपटन नगरपालिका -९ सुकुन्दा बनमा आगलागी हुँदा १८ वटा बाख्रा जलेर मरेको प्रहरीले उल्लेख गरेको छ ।

बनमा लागेको आगो  धन बहादुर बुढाको बाख्रा पालनको लागी बनाईएको गोठमा  सल्किदा  गोठमा रहेका १८ वटा बाख्रा  जलेर मरेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

स्थानियको सहयोगमा आगो निबाउने प्रयास भइरहेको  प्रहरीले उल्लेख गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button