Pokhara News

मुम्बई माथि दिल्लीको जीत, सन्दिपको उत्कृष्ट प्रदर्शन


पोखरा न्युज – ०६ जेठ ।

मुम्बईका ब्याट्सम्यानलाई स्पिनको जालमा फसाउन सफल हुँदा दिल्लीले आईपिएल् अन्तर्गतको आफ्नो अन्तिम खेलमा ११ रनको जीत हासिल गरेको छ ।

यससँगै दिल्लीले आफुसँगै मुम्बईलाई पनि प्रतियोगिताबाट बिदा गराएको छ । जित्नै पर्ने दबाबमा खेलेको मुम्बईले पहिले फिल्डिङ गर्दै १७५ रनको लक्ष्य  पाएको थियो । प्रतिउत्तरमा दिल्लीका स्पिनरहरुले एक आपसमा ६ विकेट बाँडेपछि मुम्बई १६३ रनमा सीमित भयो । दिल्लीका लागि नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अमित मिश्राले पनि ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । हर्शल पटेलले पनि अन्तिम ओभरमा दुई विकेटका साथ खेलमा ३ विकेट नै चट्काए । मुम्बईका लागि इविन लुइसले ४८(३१) र बेन कटिङ्गले ३७(२०) रन बनाए पनि टिमलाई प्ले अफमा पुर्याउन भने सकेनन्। दिल्लीका लागि पहिलो विकेट सन्दिप लामिछानेले लिएका थिए।

यस अघि खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले रिसभ पन्तको ६४(४४) र विजय शङ्करको ४३(३०) रनको मद्दतले निर्धारित २० ओभरमा १७४ रन बनाएको थियो । बाहिरिएको मुम्बईले प्ले अफमा स्थान नबनाएको प्रतियोगिताको इतिहासमा यो मात्र चौथो पटक हो।

तस्वीर : @IPL twitter


अन्य खबर

इरान माथि स्पेनको जीत, उरुग्वे पनि विजयी

पोखरा न्युज

रोनाल्डोको गोलमा पोर्चुगलको जीत, मोरक्को बाहिरियो

पोखरा न्युज

विश्व भेट्रान्स टेबलटेनिसमा गौतम निर्णायकमा छनोट

रासस
खुल्दैछ.......