Pokhara News

पोखरा क्षेत्रमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा ताल्चा सिस्टम


पोखरा न्युज – ६, जेठ ।

पोखरा क्षेत्रमा पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा लकिङ (ताल्चा लगाउने) सिस्टम सुरु भएको छ ।

यही जेठ ४ गते शुक्रबार भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थ ढुवानी भई लकिङ हुदै पोखरा आएका ट्याङकरको आइतबार एक समारोहका बिच कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र नेपाल आयल निगमका कार्यकारी निर्देशक शुसिल भट्टराईले संयुक्त रुपमा ताल्चा खोलेर लकिङ सिस्टमको औपचारिक सुरु गरेका हुन ।

नेपाल आयल निगम लिमिटेड र इण्डियन आयल कर्पोरेशनको संयुक्त पहलमा पोखरा सहित गण्डकी तथा धौलागिरी क्षेत्रमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकर तथा ट्रकहरुमा आइतबार देखि औपचारिक रुपमा लकिङ सिस्टम लागु भएको नेपाल आयल निगम गगनगौडा डिपो कास्कीका प्रमुख नवविनोद पोखरेलले बताए । उनका अनुसार यस क्षेत्रका ७८ वटा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरु मध्ये हालसम्म ६० वटामा लकिङ गरिएको छ ।

यस अघि ट्यांकरमा तारले वाधेर शिल हुने गरी पेट्रोलिय पदार्थ ढुवानी हुदै आएको भएपनि केहि ट्यांकर चालकको लापरवाहीको कारण बाटोमा पेट्रोलिय पदार्थ निकाल्ने त केहिले मिसावट गर्ने सम्मको घटनाहरु सार्वजनिक भए पछि निगमले यस्तो निर्णय गरेको प्रमुख पोखरेलले बताए।

गण्डकी धौलागिरी पेट्रोलियम ढुवानी व्यवसायी संघ, पोखराका अध्यक्ष सुरेन्द्ररमण पराजुलीले लकिङ सिस्टम राम्रो भएको बताउदै आफुहरुले करिब ९० प्रतिशत जसो पेट्रोलियम पदार्थ खपत गर्ने बताए । ट्याङकरको पार्किङ व्याबस्थापन कमजोरी रहेको उनले गुनासो गरे । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशन पोखराका अध्यक्ष राजन गंगजुले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लकिङ गर्ने सिस्टमले गुणस्तरमा शुद्धता र परिमाणमा ज्ञारेन्टि हुने दाबी गरे ।

आपुर्ति तथा अन्वेशण विभागका निर्देशक विरेन्द्र गोइतले सन २००२ बाट भारतमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा लकिङ सुरु भएपनि हाल नेपालमा अत्याधुनिक प्रविधिमै आधारित भएको दाबी गरे । तर उनले फिटिङमा भने दैनिकजसो राम्रो रेखदेख गर्नुपर्नेमा जोड दिए । यदि गर्दा गर्दै कसैले वेइमान गरेको भेटेमा कडा कारवाहीको दायरामा ल्याउनु पर्ने बताए ।

कास्कीका प्रमुख  जिल्ला अधिकारी तारानाथ अधिकारीले लकिङ सिस्टमले पेट्रोलिय पदार्थको गुणस्तर र परिमाणमा शुद्धता हुने दाबी गरे । पेट्रोलिय पदर्था अति प्रज्वलनशिल भएकोले अग्नी नियन्त्रणमा बिषेश ध्यान दिन समेत आग्रह गर्दै प्रजिअ अधिकारीले नयाँ नयाँ प्रविधिलाई अवलम्वन गर्न सुझाव दिए ।

ट्याङकर चालक समितिका अध्यक्ष खडानन्द पाण्डेले रक्सौलमा धुवा र धुलोको र घण्टौं जाममा पर्ने समस्याले आफुहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको दाबी गरे । रक्सौलमा लोड भएको पेट्रोलिय पदार्थ सम्बन्धित ठाँउमा ल्याउदा हुने लसको जिम्मेवार चालक बाहेक अन्यले लिनु पर्ने माग गरे ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले लकिङ सिस्टम नेपालमा लागु भएर पेट्रोलिय पदार्थमा क्रान्तिकारी कदमको सुरुवात भएको बताए । लकिङ सिस्टमले आम उपभोक्ताको हितमा गुणस्तरिय पेट्रोलिय पदार्थ प्रयोग गर्न पाउने उनले बताए । पेट्रोलिय डिलर्स एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान, ढुवानी व्यवसायी संघका महासचिव विश्व अर्याल, नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष देविप्रसाद न्यौपाने, नेपाल आयल निगम स्वतन्त्र कर्मचारी आधिकारीक ट्रेड युनियनका अध्यक्ष विकास वखती, हवाई इन्धन  डिपोका नवराज पोखरेल लगाएतले वोलका थिए । उद्घाटन सत्रमा भारतिय  आयल निगमका उच्च पदाधिकारी एसएस वोस, एस.ए.खाँन, एस.श्रीवास्तवाको समेत सहभागिता रहेको थियो।

पोखरामा पेट्रोलिय पदार्थको संचित गर्ने क्षमता निकै कम भएकोले केहि दिन पेट्रोलिय पदार्थ ढुवानीमा समस्या हुदा बजारमा पेट्रोलिय पदार्थको हाहाकार हुने गर्छ । गगनगौडा डिपोमा ३ लाख ५० हजार लिटर  पेट्रोल संचित गर्ने क्षमता रहेको छ भने २२ लाख ८० हजार लिटर क्षमताको डिजेल र ७ लाख ६० हजार क्षमताको मट्टीतेल भण्डारण गर्न सक्ने क्षमता रहेको छ ।

यस क्षेत्रमा दैनिक एक दिनमा एक लाख लिटर पेट्रोल, २ लाख २० हजार लिटर डिजेल र हप्तामा २४ हजार लिटर मट्टीतेल खपत हुदै आएको प्रमुख पोखरेलले जनाए ।


अन्य खबर

कानून नहुँदा स्थानीय तहमा अपेक्षित उपलब्धि भएन

पोखरा न्युज

प्रदेश ४ को वर्षे अधिवेशन आह्वान

पोखरा न्युज

डडेल्धुरामा २० वर्ष पुरानो फोहर बल्ल उठाइयोे

पोखरा न्युज
खुल्दैछ.......