पोखराको हल्लनचोकमा सवारी दुर्घटना हुँदा ३ घाइते

पोखरा न्यूज -०७ जेठ ।

पोखरा लेखनाथ महानगरपालिका -६ हल्लनचोकमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ७ बजे  हल्लनचोकमा ग १ त ४१९८ नम्बरको ट्याक्टरले ग ९ प ५७१५ नम्बरको  स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार ३ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा धादिङको बेनिघाट बस्ने  २१ बर्षीय  रञ्जन कडेल, चितवन माडी बस्ने १२  बर्षीय  निश्चल आलेमगर र म्याग्दी बेनी ४ बस्ने  ६ बर्षीय  एन्जल पुन रहेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल
ले जानकारी दिए ।

घाइतेहरुको  मेट्रोसिटी अस्पताल पोखरामा उपचारको भइरहेको  प्रहरीले जनाएको  छ । ट्याक्टर चालक फरार रहेको र  खोजिकार्य जारि रहेको प्रहरीले उल्लेख गरेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button