पोखरामा ठूलो परिमाणमा लागू औषध सहित १० जना पक्राउ

पोखरा न्यूज- ७ जेठ ।

पोखराको लेखनाथ महानगरको विभिन्न  क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले  तीन दिनको अवधिमा ६ किलो २५० ग्राम चरेश, डाइजेपाम पाँच सय चार थान, फेनेरगन पाँच सय चार थान, नर्फिन पाँच सय चार थान, नाइट्रोसन ११८ थानसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

“लागू औषध नियन्त्रण महाअभियान” कार्यक्रम अन्तर्गतको अप्रेसनमा  पोखरा लेखनाथ महानगरका विभिन्न सात स्थानबाट  उनीहरुलाई पक्राउ गरिएको जानकारी सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो ।

निम्न स्थानबाट लागू औषध सहित निम्न व्यक्तिहरुलाई  पक्राउ गरी अनुसन्धान भइहेको प्रहरीले उल्लेख गरेको छ ।

घटना नं १ मिति २०७५/०२/०४ गते 
१) स्थान जिल्ला कास्की पो.ले.म.न.पा. १८ सेदी बगरबाट
२) कार्यालय जि.प्र.का.कास्की बाट
३)परिणाम खैरो चरेश १ केजि
४)मानिसहरुको नाम ठेगाना – जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं १८ बस्ने बर्ष २१ को ईश्वर परियार

घटना नं २ मिति २०७५/०२/०४ गते 
१) स्थान जिल्ला कास्की पो.ले.म.न.पा. ६ खहरे
२) कार्यालय जि.प्र.का.कास्की बाट
३)परिणाम खैरो चरेश १ केजि
४० मानिसहरुको नाम ठेगाना- जिल्ला मकबानपुर पालुङ नगरपालिका २ बस्ने बर्ष ६८ को कर्ण बहादुर गोले

घटना नं ३ मिति २०७५/०२/०४ गते
१) स्थान जिल्ला कास्की पो.ले.म.न.पा. ६ खहरे
२) कार्यालय जि.प्र.का.कास्की बाट
३)परिणाम खैरो चरेश २५० ग्राम
४० मानिसहरुको नाम ठेगानास- जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ६ बस्ने बर्ष ४० को लक्ष्य परियार

घटना नं ४ मिति २०७५/०२/०५ गते
१) स्थान जिल्ला कास्की पो.ले.म.न.पा. ६ डिहीकोपाटन
२) कार्यालय जि.प्र.का.कास्की बाट
३)परिणाम खैरो चरेश १ केजि
४० मानिसहरुको नाम ठेगाना – जिल्ला सर्लाही नवलपुर ७ बस्ने बर्ष ३२ को निरज कार्की ।

घटना नं ५ मिति २०७५/०२/०५ गते
१) स्थान जिल्ला कास्की पो.ले.म.न.पा.२ मिरुवा
२) कार्यालय जि.प्र.का.कास्की बाट
३) परिणाम- लागु औषध डाईजापाम ३५० थान फेनेरागन ३५० थान , नर्फिन ३५० थान
४) मानिसहरुको नाम ठेगाना – जिल्ला धादिङ निलकण्ठ नगरपालिका बडा १३ बस्ने वर्ष ३७ को सुमन भन्ने कर्ण बहादुर गुरुङ

घटना नं ६  मिति २०७५/०२/०५ गते
१) स्थान जिल्ला कास्की पो.ले.म.न.पा. ७ मासबार
२) कार्यालय जि.प्र.का.कास्की बाट
३) परिणाम लागु औषध डाईजापाम ,४७ फेनेरागन ४७ , नर्फिन ४७
४) मानिसहरुको नाम ठेगाना – जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ५ बस्ने बर्ष ३० को दिपेश थापा । जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं भुजुङखोला बस्ने बर्ष २४ को अरविन वास्तोला ।

घटना नं ७  मिति २०७५/०२/०५ गते
१) स्थान जिल्ला कास्की पो.ले.म.न.पा. १८ धारापानि स्थित सडक खण्डमा
२) कार्यालय ( व.प्र.का.बगर कास्कीबाट
३) डाईजापाम १०७ थान , नुर्फिन, १०७ थान, फेनरागन १०७ थान र नाईट्रोसन – ११८ चक्की
४) मानिसहरुको नाम ठेगाना- जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १८ बस्ने राजेश बि.क. , जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं २५ हेम्जा बस्ने बरष २९ को सन्जिव पुर्जा मगर

घटना नं ८  मिति २०७५/०२/०६ गते
१) स्थान जिल्ला कास्की पो.ले.म.न.पा. ६ खहरे
२) कार्यालय जि.प्र.का.कास्की बाट
३)परिणाम खैरो चरेश २५० ग्राम ३ केजि
४) मानिसहरुको नाम ठेगाना – जिल्ला नुवाकोट तार्केस्बर गा.पा.३ घर भई हाल का.म.पा. माछापोखरी बस्ने बर्ष ४० को जुठे भन्ने बिष्णु परियार

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button