पोखरामा ४ हजार २ सय ५० लिटर कच्चा पदार्थ सहित घरेलु मदिरा बरामद

पोखरा न्यूज – ०८ जेठ ।

पोखरामा मदिरा बनाउन प्रयोग गरिने ४ हजार २ सय ५० लिटर कच्चा पदार्थ सहित घरेलु मदिरा बरामद भएको छ ।

पोखरा लेखनाथ महानगरको विभिन्न वस्तीबाट कच्चा पदार्थ ४ हजार २ सय ५० लिटर, घरेलु मदिरा ३५० लिटर, मदिरा बनाउन प्रयोग गरिने ५ सेट भाँडा र ८८ वटा प्लाष्टिकका  ढोल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिका – १५ सेन्टमेरिज स्कुल नजिकैको बस्ती  घलेचोक र  वडा नम्बर १० रामबजार स्थित घर तथा बस्तीहरुमा अवैध रुपमा  उत्पादन तथा बिक्री वितरण गरिरहेको अवस्थामा  उक्त घरेलु मदिरा बरामद भएको जानकारी प्रहरीले सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा  दिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button