डिपोजिट भन्दा कर्जा माग ४ प्रतिशत बढी हुदा आर्थिक तरलता : कार्यकारी निर्देशक थापा

 

पोखरा न्यूज ०८, जेठ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाले डिपोजिट भन्दा कर्जा माग ४ प्रतिशतले बढी हुदा देशमा आर्थिक तरलता भएको बताए । नेपाल पत्रकार महासंघ कास्कीले आज (सोमबार) पोखरामा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक थापाले वित्तिय क्षेत्रमा २ बर्ष देखि समस्या आएको बताउदै हाल डिपोजीटमा १५ प्रतिशत र कर्जामा १९ प्रतिशत व्याजदरको दर हुदा ४ प्रतिशतको ग्याँपले गर्दा विक्तिय क्षेत्रमा आर्थिक तरलता देखिएको बताएका हुन।

सरकारले समयमै गर्नुपर्ने पुंजीगत खर्च गर्न नसक्दा र निजी क्षेत्रले सहि ढंगले कर्जा लिन नसक्दा देशमा हाल आर्थिक तरलता भएको उनले बताए । कार्यकारी निर्देशक थापाले सरकारले पुंजीगत खर्च कम गर्दा २ सय ६५ अर्व खर्च हुन नसक्दा देशमा आर्थिक तरलता भएको जनाए ।

उनले भने “सरकारले पुंजीगत खर्च बढाउनु पर्यो, सरकारले लकजाम गरेकोले आर्थिक तरलता सहज पार्न जनताले सरकारलाई दबाद दिनुपर्छ । ” १० अर्ब फाष्ट्याकको लागि करिब २ अर्ब निजगण विमानस्थलको लागि, राष्ट्रिय गौरवको योजना पशुपति क्षेत्रको विकासको लागि, उक्तर र दक्षिण नाकाको लगायतको क्षेत्रमा विनियोजन भएको रकम खर्च हुन नसक्नु निकै दुःख लाग्दो भएको उनले बताए । सरकारले पछिल्लो क्रममा ठेकेदारलाई कारवाही गर्न थालेसंगै आगामी बर्षमा योजना छिटो हुने उनले आशा व्यक्त गरे ।

पुनर्रः कर्जामा १० अर्बबाट २५ अर्ब पु¥याएको उल्लेख गर्दै कार्यकारी निर्देशक थापाले ४/५ प्रतिशतमा लिएको ऋण ९ प्रतिशतसम्म नबढाईकन कृष, पर्यटन, सेवा क्षेत्रमा लगानी गर्नु पर्नेमा हालसम्म १० अर्ब खर्च हुन नसकेको बताए । उनले भने “ केहि निजी क्षेत्रका व्यक्तिहरुले एउटा क्षेत्रमा लिएको ऋण अर्को क्षेत्र अनुउत्पादन क्षेत्र घर जग्गा लगायतको क्षेत्रमा लगानी गरेर पनि आर्थिक तरलता भएको हो । ” आर्थिक तरलता हुनुमा सरकारसंगै निजी क्षेत्र पनि उतिकै गैरजिम्मेवार भएको उनले आरोप लगाए । उद्योग, कृषि भन्दा घरजग्गामा करिब ५० प्रतिशत जसो लगानी गर्न खोज्दा थप समस्या आएको बताउदै उनले आधिकारीक रुपमा एउटा शिर्शकको रकम अर्काे क्षेत्र अनउत्पादन क्षेत्रमा लगानी गरे कारवाही हुने बताए पनि हालसम्म कारवाही कति भएको भन्ने बिषयमा कुनै जानकारी गराएनन ।

७ सय ५३ वटा स्थानिय निकायमा बाणिज्य बैंकहरुको उपस्थितीको लागि राष्ट्र बैंकले कडा निर्देशन दिएको उल्लेख गर्दै कार्यकारी निर्देशक थापाले चालु आर्थिक बर्षको असार मसान्तर भित्र सवै स्थानिय निकायमा बाणिज्य बैंकहरुको स्थापना हुने दाबी गरे । उनका अनुसार हालसम्म ५ सय १० वटा स्थानिय तहमा बाणिज्य बैंकहरुको उपस्थिती रहेको छ भने अब २ सय ४३ वटा स्थानिय तहमा बैंकहरुको सहभागिता हुनेछ ।

स्थानिय तहमा बाणिज्य बैंकहरुको पहुच पु¥याउन यातायात, ईन्टरनेट, सुरक्षा लगायका कुरामा सरकार गम्भिर हुनु पर्ने उनको जोड थियो । पछिल्लो क्रममा बैैंकहरुले सफ्ट्वयरबाट काम गर्ने हुदा केहि प्राविधिक समस्या भएको उनले जनाए ।

जलबिद्युत, पर्यटन, शहरी विकास, रणनितीक सडक विस्तार, विमानस्थल निमार्णसंगै देशमा कृषि र उद्योग फष्टाउन सक्ने कार्यकारी निर्देशक थापाले बताए । उनले भने “ विकास भनेको क्रम वद्ध मात्र नभई अब छलाङ मार्ने कायपलत हुने गरी अघि बढ्न पनि सक्छ, तर हाम्रो देशमा कृषिबाट मात्र आधुनिककरणमा छलाङ मार्न सकिदैन । ” कृर्षि क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीहरु कम आउने भएकोले गर्दा ठुला प्रोजेक्ट जलबिद्युतका क्षेत्रमा लागनी आवश्यक भएको उनको भनाई थियो । नेपालले पर्यटनको कुरा गर्दै गर्दा ६० बर्ष वित्दा नवित्दै १० लाख पर्यटक भित्राउन मुस्किल परेको उनले जनाए ।

पर्यटन पुर्वाधारमा खासै लगानी हुन नसक्दा र विश्व बजारमा बजारीकरण कम भएकोले गर्दा नेपालको पर्यटन प्रबद्र्धनमा खासै फट्को मार्न नसकेको थापाको भनाई छ। वेनि घाँसा कालोपत्रे सडक विस्तार र रामपुर, गौडाकोट नवलपरासि सडक क्षेत्रमा सडक विस्तार गर्न सके प्रदेश ४ को आर्थिक विकासमा टेवा पुग्ने कार्यकारी निर्देशक थापाले बताए । बस्तु निर्यात १० प्रतिशतको हाराहारीमा रहेको उल्लेख गर्दै उनले २० प्रतिशत आयात रहेको जनाए । रेमिटेयान्सले गर्दा पनि देशको आर्थिक कृयाकलापमा असर पर्न थालेको उनले बताए । गत बर्ष कुलग्रास्थ उत्पादन ६ प्रतिशत त्यस भन्दा अघिल्लो बर्ष ७ प्रतिशत रहेको उल्लेख गर्दैै उनले यसले गर्दा देशमा आर्थिक तरलता भए पनि आथिृक बृद्धिदर खासै नघटेकोले देशको सन्तोसजनक अािर्थक बृद्धिदर रहेको जनाए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button