प्रदेश ४ को वर्षे अधिवेशन आह्वान

पोखरा न्यूज , ८ जेठ । 

प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले जेठ १० गतेबाट प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आह्वान गरेका छन् ।
प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसका आधारमा  प्रदेश प्रमुख कुँवरले जेठ १० गतेबाट दोस्रो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका उपसचिव जीवन कुमार राइले जानकारी दिए ।

प्रदेश नं. ४ मुख्यमन्त्री तथा मन्त्री परिषद्को जेठ २ गते बसेको बैठकले प्रदेश प्रमुखलाई दोस्रो अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय पारित गरेको थियो । मन्त्रीपरिषद्को कार्यालयले जेठ ७ गते सोमबार प्रदेश प्रमुखको कार्यालयमा अधिवेशन आह्वान गरिदिने पत्र पठाएको थियो ।

प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम सभाको अधिवेशन आह्वान र अन्त्य गर्नुपर्ने प्रावधान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button