क्रिकेटर लामिछाने स्वदेश फिर्ता

पोखरा न्यूज , ८ जेठ ।

भारतमा भएको एघारौ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् ।

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।

लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताए ।

उनले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएकोे धारणा व्यक्त गरे ।

लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए । उनले खेलेका तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए ।
उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button