केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र

पोखरा न्यूज ०९, जेठ ।

संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् ।

तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र सरकारमा रहने बताए । अहिले एक लाख १७ हजार दरबन्दी रहेपनि एक लाख ६ हजार कर्मचारी कार्यरत रहेका छन् ।

संघका प्राविधिक तहका कर्मचारी— इञ्जिनियर, कृषि तथा भेटरिनरीजस्ता कर्मचारीको कटौती हुने उनले जानकारी गराए । स्थानीय तहमा रहने कर्मचारीको सर्वेक्षण गरिसकेको मन्त्रालयले अब संघ र प्रदेशमा आवश्यक कर्मचारीको सर्वेक्षण गर्न थालेको छ ।

उनका अनुसार सबभन्दा थोरै प्रदेश सरकार मातहतमा कर्मचारी रहनेछन् ।
एउटा प्रदेश सरकारमा तीन हजारका दरले २१ हजार मात्र कर्मचारी रहने अनुमान गरिएको छ ।

यसअघि स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।

यसैगरी, विभिन्न मन्त्रालयमा रहेका कर्मचारीलाई कटौती गरेर प्रदेश र स्थानीय तहमा पठाइने समेत सहसचिव अधिकारीले बताए । मन्त्रालयमा रहेका २१ देखि ५४ प्रतिशत कर्मचारी कटौती गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button