एबी डिभिलियर्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पोखरा न्यूज – ०९ जेठ  ।

दक्षिण अफ्रिकाका क्रिकेट खेलाडी अब्राहम बेन्जामिन (एबी) डिभिलियर्सले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्यासको घोषणा गरेका छन् । आधुनिक क्रिकेटका एक सर्वोत्कृष्ट ब्याट्सम्यान मानिएका उनले १४ सिजन लामो खेलजीवनको अन्त्य गरेका हुन् ।

आफ्नो खेलजीवन शुरु गरेको पृटोरियाको हाइ पर्फर्मेन्स सेन्टर अन्तर्गतको टक्स क्रिकेट क्लबबाटै आज एक भिडियो मार्फत डिभिलियर्सले सन्यासको घोषणा गरेका थिए । ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टि ट्वान्टी खेलेका डिभिलियर्सले भिडियो मार्फत आफू अब थाकेको र नयाँ खेलाडीका लागि स्थान दिनुपर्ने आफुले ठानेको बताएका थिए । भावुक देखिएका एबीले सोचविचार गरेर आफुले निर्णय लिएको बताएका थिए । विश्व क्रिकेट र दक्षिण अफ्रिकाका आफ्ना समर्थकलाई विशेष धन्यवाद दिदै एबीले आफू ओभरसिजका प्रतियोगिता भन्दा घरेलु टिम टाइटान्सका लागि सधैं उपलब्ध रहने र दक्षिण अफ्रिकी क्रिकेटलाई सधै माया र सहयोग गरिरहने पनि बताएका थिए ।

विश्व क्रिकेटमा आक्रामक, स्टाइलिस र लोकप्रिय खेलाडीको छवि बनाएका एबीले टेस्टमा ८७६५ रन, एकदिवसीयमा ९५७७ र टि ट्वाटीमा १६७२ रन बनाएका छन् । विकेटकिपरको भुमिका पनि निभाउने एबी मिस्टर ३६० को नामले पनि परिचित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button