पोखरामा फेरी एकैदिन २४ ट्याक्सी कारबाहीमा, मिटरमा जान्न भन्न पाइदैन – एसपी राना

पोखरा न्युज- ०९, जेठ ।

पोखरामा फेरी एकैदिन २४  वटा ट्याक्सी नियन्त्रणमा लिइएको छ ।

पोखरा लेखनाथ महानगर क्षेत्रवाट मिटरमा चल्न नमान्ने २४ वटा भाडाका मिटर  ट्याक्सीलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए। महानगरक्षेत्रमा  भाडामा जान नमानी बार्गेनिङ गर्ने तथा सम्बन्धित स्थानमा जान नमान्ने ट्याक्सीलाई सादा पोशाकमा प्रहरी परिचालन गरि  चेकजाँच गरि नियन्त्रणमा लिइएको एसपी रानाले बताए । ‘हामीले यहाँ संचालित भाडाका ट्याक्सीहरुलाई  सिभिलमा प्रहरी खटाएर चेकजाँच गरि भाडामा जान नमान्ने ट्याक्सीलाई नियन्त्रण लिएका हौ,’ एसपी रानाले भने- सार्वजनिक सेवा दिने निकाएले नियम कानुन मान्दिन , म मिटरमा जान्न, सेवा दिन्न भन्न पाइदैन।’ एसपी रानाले सर्वसाधारण जनताबाट पनि  प्रहरीमा उजुरी   होस भन्ने आफुले चाहेको बताउदै यदि  कुनै ट्याक्सी मिटरमा जान मान्दैन भने  १००, १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिए  तत्काल कारबाहीगर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अभियानकै रुपमा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिने कार्य जारी राखेको बताउदै एसपी रानाले  नियन्त्रणमा लिएर राखेका  ट्याक्सीलाई आवस्यक कारवाहीको प्रक्रिया अगाडी बढाइएको बताए  । अघिल्लो साता  कास्कीमा कार्यभार सम्हालेका एसपी रानाले हप्ता दिन अघिमात्र मिटरमा चल्न नमान्ने ३६ वटा ट्याक्सीलाई  नियन्त्रणमा लिइ कारबाही गरेका थिए ।  मिटरमा सञ्चालन गर्न नमान्ने ट्याक्सीलाई पहिलो पटक जनही चार  हजारको जरिवाना  गरिएको र पटकेमा  परे त्यस्ता ट्याक्सीलाई सार्वजनिक मुद्धा चलाइने एसपी रानाले बताए  । एसपी रानाले कास्कीमा कार्यभार सम्हालेको एक साता भित्रमा कास्कीमा ६७ वटा भाडाका ट्याक्सी कारवाहीमा परेका छन् ।

सर्वसाधारणसंग ट्याक्सी चालकले मनपरी भाडा असुल्ने गरेको जनगुनासोपछि कास्कीमा यस अघिका प्रहरी प्रमुख एसपी अशोक सिंहको पालामा  ट्याक्सीमाथि कारवाही शुरु भएको थियो । प्रहरीको कारवाहीसंगै ट्याक्सी व्यवसायीहरुले आन्दोलनसमेत गरेका थिए। आन्दोलनबाट प्रहरी प्रशासन नडगमगाएपछि जिल्ला प्रशासन कार्यलय कास्कीमा करीब ४ महिना अगाडी ट्याक्सी व्यवसायीहरु कास्कीमा ट्याक्सी मिटरमा सञ्चालन गर्न सहमत भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button