पोखरामा नदीजन्य बस्तु चोरी निकासीमा संलग्न्न ३ ट्याक्टर र स्क्याभेटर नियन्त्रणमा

पोखरा न्युज -१० जेठ ।

पोखरामा नदीजन्य बस्तु चोरी निकासीमा संलग्न्न ३ ट्याक्टर र स्क्याभेटर नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिबार पोखरा लेखनाथ महानगरपालिका- ३२ खुदी खोलाबाट ग १ त ३५०३ र ग १ त ३५०७ नम्बरका २ वटा ट्याक्टरलाई अवैध बालुवा  सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । त्यसैगरी बिहिबारै पोखरा लेखनाथ महानगरपालिका- १३ काहुँखोलामा अवैधरुपमा बालुवा उत्खनन तथा ओसार पसारमा  प्रयोग भइरहेको ग १ त ३६३८ नम्बरको ट्याक्टर र नम्बर नखुलेको स्क्याभेटर  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ  ।

नियन्त्रणमा लिइएका ट्याक्टर तथा  स्क्याभेटरलाई कारवाहीको लागि जिल्ला समन्बय समिति कास्कीमा पठाएको प्रहरीले उल्लेख गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button