खेल पूर्वाधार विकासमा लगानीमैत्री वातावरण बनाउन आग्रह

पोखरा न्यूज- १०, जेठ ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँग आज भएको भेटवार्तामा खेलकूदका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार संघ, प्रदेश र स्थानीय तहमा निर्माण गर्ने तथा खेलाडीको क्षमता अभिवृद्धि गर्दै उनीलाई खेल क्षेत्रमै भविष्य सुनिश्चित हुने वातावरण तयार गर्ने काममा मन्त्रालय लागेको बताएका छन् ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री विश्वकर्माले युवाको क्षमता अभिवृद्धि गरी परिचालन गर्ने योजनामा मन्त्रालय रहेको बताउँदै युवा परिचालन र खेल क्षेत्रको विकासका लागि मन्त्रालय अमेरिकी सरकारसँग सहकार्य गर्न इच्छुक छ भने ।

सो अवसरमा राजदूत टेप्लिजले खेल पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारी गर्न र विदेशी लगानी ल्याउन नेपालले ऐन कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाएमा अमेरिकी लगानीकर्तालाई सहकार्य गर्न सहज हुने बताए । मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले संघीय ढाँचानुसार कानून र नीति अद्यावधिक गर्ने, दक्ष जनशक्ति विकास गर्ने, युवा तथा खेलकूदको क्षेत्रमा नयाँ प्रवत्र्तनलाई स्थान दिने तथा सुशासन र प्रविधिमैत्री मन्त्रालय बनाउनेजस्ता योजना प्राथमिकतामा रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button