पोखराबाट २ जना फरार अभियुक्त पक्राउ

पोखरा न्युज – जेठ,  १० गते ।

कास्की प्रहरीले पोखराबाट २ जना फरार अभियुक्त पक्राउ गरेको छ।

अदालतबाट कैद तथा जरिवाना ठहर भइ  फरार रहेका पोखरा लेखनाथ महानगरपालिका- ११ का  ४४ बर्षीय अमृत राना र पोखरा लेखनाथ महानगरपालिका-  १९ पुरन्चौर तल्लोकोटका  ५१ बर्षीय  शिव बहादुर खत्री क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमध्ये  राना लागू औषध बुप्रिनर्फिन मुद्दाका फरार अभियुक्त हुन् भने खत्री गाली बेईज्जती मुद्दाका फरार अभियुक्त  हुन् ।

पक्राउ परेकाहरुलाई आबश्यक कारवाहीको लागि पठाइएको प्रहरीले जनाएको छ  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button