मानव मलमूत्रीय फोहोर व्यवस्थापन चुनौती

पोखरा न्यूज -११, जेठ । सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनयिरिङ र खानेपानी तथा ढल निकास विभाग तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाद्वारा संयुक्त रुपमा आयोजित एक अन्तक्र्रियामा मानव मलमूत्रीय फोहोर व्यवस्थापन अबको चुनौती रहेकामा जोड दिइएको छ ।

मानव मलमूत्रीय फेहोर व्यवस्थापनका लागि नीतिगत, संस्थागत तथा नियामक खाका विषयक अन्तक्र्रियामा वक्ताहरूले स्वच्छ वातावरण अपरिहार्य आवश्यकता भएको बताउँदै मानव मलमूत्रको सही व्यवस्थापन हुन नसक्ने हो भने वातावरणीय स्वच्छतामा ठूलो असर पार्ने बताए ।

स्वच्छ वातावरणको विषय मानवीय स्वास्थ्यका साथै अन्य विभिन्न क्षेत्रसँग प्रत्यक्ष जोडिएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

मानव मलमूत्र व्यवस्थापन वातावरणीय स्वच्छताका लागि अपरिहार्य भएको बताउँदै उनले यसको सही व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

पर्यटकीय विकासका लागि पनि वातावरण स्वच्छ हुनु आवश्यक भएको बताउँदै मन्त्री लम्सालले वातावरणसँग जोडिएका जुनसुकै विषयमा सरोकारवाला निकायसँग मन्त्रालय सहकार्य गर्न तयार भएको उल्लेख गरे ।

पूर्वमन्त्री गणेश शाहले मानव मलमूत्रको व्यवस्थापनका लागि जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए ।

स्वच्छ खानेपानी तथा वातावरण मानवको जीवनसँग प्रत्यक्ष जोडिएका विषय भएको बताउँदै उनले यस क्षेत्रको अध्ययन अनुसन्धानका साथै जनशक्ति विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।

सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियरिङका अध्यक्ष रामदेव शाहले मानव मलमूत्र व्यवस्थापन वातावरणको संरक्षणका लागि अपरिहार्य आवश्यकता भएको बताउँदै यसका लागि सबैको सहकार्य आवश्यक हुनेमा जोड दिए ।

साना शहरी खानेपानी आयोजनाका सहसचिव रामचन्द्र शाहले मानव मलमूत्रको व्यवस्थापन एवं वातावरणको संरक्षणका लागि स्थानीय तहको सक्रियता आवश्यक हुनेमा जोड दिए ।

कार्यक्रममा ढल निकास विभागका क्षेत्रीय निर्देशक रमाकान्त दवाडी, पोखरा विश्वविद्यालयका डिन डा खेमराज जोशी, रामचन्द्र उपाध्यायलगायतले फोहोरलाई मोहोरमा बदल्ने दीर्घकालीन सोचका साथ मानव मलमूत्र व्यवस्थापन गर्ने विषयलाई सरोकारवाला निकायले गम्भीरताका साथ लिनुपर्ने धारणा राखे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button