मुलुकको समृद्धिलाई कसैले रोक्न सक्दैन : रक्षामन्त्री पोखरेल

पोखरा न्यूज- १२, जेठ । 

रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धिलाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ स्थित तेलकोटमा ३ नं. प्रदेशका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको १३ दिनको पूण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा उनले मुलुक अब समृद्धि, विकास र प्रगतिपथमा लम्किएको बताउँदै अब कसैगरी पनि आगामी पाँच वर्षभित्र सरकारले देशलाई समृद्ध बनाउने बताए ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टी बन्नुले समृद्धिकै संकेत गरेको चर्चा गर्दै रक्षामन्त्री पोखरेलले यस्तो अवस्थामा पनि मुलुकलाई समृद्ध नबनाए जनताले माफी नदिने बताए ।

निरन्तररुपमा निष्ठावान, आदर्श विचार र सिद्धान्तमा लाग्ने व्यक्ति मात्रै सच्चा कम्युनिष्ट हुने दाबी गर्दै उनले सच्चा कम्युनिष्टका रुपमा रहेका लामिछानेको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले लामिछानेको सच्चा र आदर्श जीवनको चर्चा गर्दै उनले अबलम्बन गरेको बाटोमा हिड्नुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button