पूर्वराष्ट्रपति डा यादवद्वारा पुस्तक लोकार्पण

पोखरा न्यूज- १२, जेठ ।

नेपालको प्रशासनिक संस्कृति नामक पुस्तक सार्वजनिक भएको छ ।

डा जनार्दनराज लामिछानेले लेखेका पुस्तकमा विसं ९३७ देखि विसं १८२६ सम्मका घटनाक्रम समेटिएको छ । पुस्तक आज लोकार्पण गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रशासनिक क्षेत्रको संस्कृतिको विश्लेषण गरी लेखिएको पहिलो कृति भएको बताए ।

बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले समग्र नेपालको संस्कृतिका विषयमा पनि अहिलेसम्म पुस्तक नलेखिएको सुनाए । त्यस प्रकारको कृति तयार पार्न पनि उनले लेखकलाई सुझाव दिए ।

रत्न पुस्तकालय, बानेश्वरले आयोजना गरेको कार्यक्रममा डा मृगेन्द्रराज पाण्डे, प्राज्ञ दीनेशराज पन्त, पूर्वसचिव मुकुन्दराज अर्याल, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा तुलसीराम वैद्य, पुस्तकालयका अध्यक्ष शशीविक्रम राणा लगायतका वक्ताले प्रशासनिक संस्कृति क्षेत्रको इतिहास जान्न पुस्तक महत्वपूर्ण हुनेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button