साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

पोखरा न्यूज -१४, जेठ ।

साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।

चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक अभिनन्दन गर्न लागेका हुन् । भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा मात्रै नभएर धार्मिक र सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । अभिनन्दनका लागि प्रतिष्ठानको संयोजनमा तयारी भइरहेको छ ।

प्रचारप्रसार, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, ग्रन्थ प्रकाशन, आर्थिक व्यवस्थापन, कार्यसम्पादनलगायतका विभिन्न समिति गठन गरेर अभिनन्दनको तयारी पारिएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिए ।

सुवेदीका तीन दर्जनभन्दा बढी मौलिक र त्यतिकै संख्यामा सम्पादित पुस्तक प्रकाशित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button