राष्ट्रकवि क्याविनमा

पोखरा न्यूज -१४, जेठ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ ।

उनको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट आज क्याविनमा सारिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिए । उनले भने, “अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।” उनको छ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उनको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ ।

राष्ट्रकवि घिमिरेको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका उनलाई सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गत बुधबार नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । राष्ट्रकविलाई अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । छोरी अधिकारीका अनुसार राष्ट्रकवि दुई तीन दिनपछि स्वदेश फर्किने छन् । सरकारले घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button