म्याग्दीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा ३ घाइते

पोखरा न्युज- १५, जेठ  ।

म्याग्दीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा ३ जना घाइते भएका छन्।

म्याग्दी मंगला गाउँपालिका वडा नम्बर २ खुम्लिया स्थित महबिसौना बालबिकास स्कुल भवनको नजिक रहेको पर्खाल स्थानियले जन श्रमदान गरी थप्न्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खस्दा ३ जना घाइते भएको प्रहरीले जनाएको छ।

मंगलबार दिउसो करिब  १३:४५ बजेको समयमा भएको दुर्घटनामा परि  म्याग्दी मंगला गाउँपालिका वडा नम्बर ०२ खुम्लिया बस्ने १९ बर्षीय प्रबिन अधिकारी,  ७३ बर्षीय बालकृष्ण शर्मा र १८ बर्षीय नारायण किसान रहेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।  घाइतेहरुको   जिल्ला अस्पताल म्याग्दीमा उपचारको भइरहेको प्रहरीले जनाएको ल्याइएको छ ।

 घटनाका बारेमा  थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button