आर्थिक कूटनीतिमा गरिने सुधारले देश विकास हुने

पोखरा न्यूज -१६, जेठ ।
सरकारले आर्थिक कूटनीतिमा गर्न लागेको सुधार प्रक्रिया तथा लगानी वृद्धिले स्वदेशी वस्तुको विदेशमा व्यापार विस्तार हुनाका साथै स्वदेशमा वैदेशिक लगानीका लागि राम्रो वातावरण सिर्जना हुने ठहर कूटनीतिक अध्ययन संस्था नेपालले गरेको छ ।

संघका महासचिव डा दीपेन्द्र रोकायले संघीय आव २०७५/७६ को प्रस्तुत गरेको बजेटमा सरकारले आर्थिक कूटनीतिमा लगानी गर्ने विषय स्वागतयोग्य भएको चर्चा गर्दै वैदेशिक क्षेत्रमा गरिने आर्थिक लगानीले यस्को स्तर वृद्धि भई देशको समृद्धि र विकासका लागि सहयोग पुग्ने भनिएको छ ।

संघका तर्फबाट आज जारीे विज्ञप्तिमा नेपालका मित्रराष्ट्रसँग व्यापारमा लगानी, पर्यटन, श्रम, वातावरण तथा प्राविधिक क्षेत्रमा आर्थिक कूटनीति प्रारम्भ गर्ने घोषणालाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै विदेशस्थित नेपाली नियोगलाई पुनरवलोकन गरी प्रभावकारी नभएकालाई खारेज गर्ने कुराले नेपालको कूटनीतिक क्षेत्रमा नयाँ चरणको शुरुवात हुने उल्लेख छ ।

राहदानीलाई स्तरोन्नति गर्ने प्रक्रिया थालनी गरी विदेशस्थित नेपाली नियोगमार्फत नेपाली हस्तकलाका सामग्री प्रवद्र्धन गर्ने कुरालाई समेत स्वागत गरेको छ । यस कार्यले नेपालमा विदेशी लगानी बढ्ने, देशमा आर्थिक विकास हुने र समृद्धिका आधार बन्ने र सरकारको यो नीतिले कूटनीतिका क्षेत्रमा नयाँ अवधारणाले मान्यता प्राप्त गर्ने विश्वास गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button