टान पश्चिमान्चल संघ पोखराद्वारा ५ हप्ते ट्रेकिङ गाइड तालिम संचालन

पोखरा न्युज- १७ जेठ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) पश्चिमान्चल च्याप्टर पोखराले टान स्थापनाको २५ बर्ष प्रवेश गरेको अवसरमा ५ हप्ते ट्रेकिङ गाइड तालिमको आयोजना गरेको छ ।

२५ बर्ष प्रवेश गरेको सुखद अवसरमा बर्षभरी विभिन्न कार्यक्रमहरु गरि रजत महोत्सब मनाउने योजना अनुरुप जेठ १३ गतेदेखि ५ हप्ते ट्रेकिङ गाइड तालिमको आयोजना गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष दीपकराज अधिकारीले जानकारी दिए ।

टान पश्चिमान्चलले यस अवसरमा नयाँ पदयात्रा क्षेत्र खोज्ने, ब्यबसायीलाई तालिम पर्दान गर्ने, राज्य सँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने, नयाँ जनशक्ति उत्पादन गर्दै रोजगार सहितको पदयात्राको कार्यक्रमलाइ अगाडी बढाउने जस्ता कार्यक्रम आयोजना गर्ने अधिकारीले बताए । राज्यले सन् २०२० मा २५ लाख पर्यटक भित्र्याउने उदघोष गरेसंगै टान पश्चिमान्चल क्षेत्रीय संघले पदयात्रा पर्यटनलाई संरक्षण र सम्बर्द्धन गर्दै रोजगारसहितको पदयात्राको नारालाई अगाडी बढाइ आफुलाई तयारी अवस्थामा राख्न लागी परेको पनि अधिकारीले बताए ।

पदयात्रा पर्यटनमा अहिलेको अवस्थामा विभिन्न चुनौतीहरु देखा परेको बताउदै अधिकारीले एकल पदयात्रा र सडक बाटो खन्ने नाउमा पदयात्रा मार्गहरु भत्काइनुले नेपाली पथप्रदर्शकको रोजीरोटी खोसिएको र नेपालको पदयात्रा पर्यटन धरापमा परेको दाबी गरे । एकल रुपमा बिदेशी पर्यटक पदयात्रामा जादा दुर्घटना हुने गरेकोले यसले नेपालको पदयात्रा सुरक्षित छैन भन्ने हल्ला अन्तराष्ट्रिय स्तरमा चलेको अधिकारीले उल्लेख गरे । एकातिर यस्तो हल्ला चलेको र अर्कोतिर एक सिजनमा १० जना पर्यटक मात्र एकल पदयात्रा गरेर फर्किने र अर्को सिजनमा तिनै पर्यटकका कारण १ सय जना पर्यटक एकल पदयात्रामा निस्कने गरेको अधिकारीले गुनासो गरे । यस्तो अवस्थाको अन्त्य गर्न सरकारी तवरबाटै पर्यटकले अनिबार्य गाइड लग्नुपर्ने व्यवस्था लागु गरिनुपर्ने अधिकारीले जनाए । अहिले पुराना प्रचलित पदयात्रा क्षेत्र धरासायी बन्दै गएकोले आफुहरु नयाँ पदयात्रा मार्ग पहिल्याउदै रोजगारसहितको पदयात्रालाई अगाडी बढाउन लागिपरेको अधिकारीले बताए ।

टान पश्चिमान्चलका सचिब सुशील पौडेलले तालिममा ३ सय ५० जना सहभागी रहेको बताउदै सबै प्रशिक्षार्थीहरु निकै उत्प्रेरित रहेको र नेपालमै केहि गरौ भन्ने भावना उनीहरुमा रहेकोले क्वालिटी युक्त जनशक्ति उत्पादन हुनेमा आफुहरु बिश्वस्त रहेको जनाए ।

टान पश्चिमान्चलका कार्यसमिति सदस्य एबम तालिम संयोजक मिलन तिवारीले बिगतमा आफुहरुले तिनवटा तालिमहरु सम्पन्न गरेको र यो चौथो तालिम रहेको जानकारी दिए । बिदेशी पर्यटकलाई सहि सुचना प्रदान गर्नुपर्ने र गलत सुचनाले पदमार्ग पर्यटनलाई धरापमा पार्ने बताउदै आफुहरुले तालिमा सहभागी ३ सय ५० जनालाई बिभिन्न ६ वटा सेक्सनमा बिभाजन गरि गहिराइमा सिक्ने बातावरण तयार परेको बताए । टानले ट्रेकिंग गाइडलाई मात्र नभएर मजदुर तालिम, ट्रेकिंग कम्पनि संचालक र कर्मचारीहरुलाई समेत तालिम प्रदान गर्दै आएको र गर्दै जाने तिवारीले बताए ।

टान पश्चिमान्चलले आयोजना गरेको ट्रेकिङ गाइड तालिम तथा ट्रेकिङ क्षेत्र सम्बन्धि अन्य समसामयिक बिषयमा पोखरा न्युज डटकमका अनुज कुलुङले सम्बन्धित व्यक्तित्वहरु संग गरेको कुराकानी बिस्तृतमा भिडियोमा हेर्नुहोस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button