अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

पोखरा न्यूज – १८, जेठ
अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ ।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख रहेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गर्नुभएको थियो । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button