रंगकर्मी अनुप बराल शिरोमणि पुरस्कारबाट पुरस्कृत

अनुज कुलुङ, पोखरा न्युज- १९, जेठ ।

रंगकर्मी अनुप बराल शिरोमणि पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पोखरेली यूवा सांस्कृतिक परिवारले शनिबार पोखरामा पुरस्कार वितरण समारोहको आयोजना गरि शिरोमणि पुरस्कार २०७४ वाट रंगकर्मी अनुप बराललाई पुरस्कृत गरेको हो ।

पोखरेली साहित्य, कला, रंगकर्मी तथा संगीतकर्मी व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रममा प्रमुख आमन्त्रित ब्यक्तित्व नेपाल नाट्य तथा प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यमा उक्त सरुभक्तले बराललाई दोसल्ला, प्रमाणपत्र र नगद रु.१५ हजार सहित पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा पुरस्कृत हुने व्यक्तिको परिचय दिदै कवि तिर्थ श्रेष्ठले उक्त पुरस्कार अनुपलाई अगाडिनै प्रदान गर्न पाएको भए अझै धेरै उत्साह मिल्ने धाराणा राखेका थिए । ‘नाटकको निम्ति विशेष किसिमको ज्ञान आवश्यक पर्छ । नृत्यको ज्ञान, साहित्यको अध्ययन, शब्दलाई कसरी प्रस्तुत गरिन्छ भन्ने सम्पुर्ण ज्ञान आवश्यक पर्छ जुन अनुपमा पाइन्छ,’- श्रेष्ठले बरालको बारेमा धाराणा राख्दै भने । पुरस्कृत भएपछी आफ्नो भनाई राख्दै बरालले पोखरेली यूवा सांस्कृतिक परिवारलाई आफुले अभिभावकत्व महशुष गरेको बताउदै पुरस्कारले थप उत्साह मिलेको बताए । ‘कला भन्ने कुरा जन्मैदेखि सिकेर आएको नभई यो निरन्तर साधना र सिकाइबाटै आउने कुरा हो, तसर्थ हरेक कुरा सिक्नै पर्छ,’- बरालले भने ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले नेपाली रंगमञ्चलाई अन्तराष्ट्रियस्तरमा पु¥याउन अनुपले सक्ने भन्दै समकालीन नेपाली कलाक्षेत्रमा अनुपले राम्रो छाप छोडेको बताए । ‘विश्व रंगमञ्चको इतिहास, गति र चिन्तन अभिव्यक्त गर्न सक्ने कला अनुपमा छ,’ सरुभक्तले भने ।

२०४६ सालमा ‘मालती मंगले’ नाटक प्रदर्शन पछि आएको आम्दानी रासिबाट अक्षयकोष खडा गरी सुरुवात भएको शिरोमणि पुरस्कार संस्थाले पहिलो पटक रंगकर्मीलाई यो बर्ष प्रदान गरेको हो ।

कार्यक्रममा लोक गायिका हरिदेबी कोइराला, बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको आदिको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button