पोखरामा रात्रीकालिन चेकिङमा आफै उत्रिए एसपी ओम राना

पोखरा न्युज- २१, जेठ ।

पोखरामा रात्रीकालिन चेकिङका लागी कास्की प्रहरी प्रमुख एसपी  ओम बहादुर राना आफै फिल्डमा उत्रिएका छन ।

कास्कीमा रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउन निर्देशन दिदै  एसपी  राना सोमबार राती आफै फिल्डमा उत्रिएका हुन्  ।  एसपी  रानाले  प्रहरी जवान संगै स्वयं आफै सवारी चेकजांचमा सहभागी हुदै  सवारी चालकहरुसंग प्रहरीले दुख दिएको नदिएको तथा प्रहरीको क्रियाकलापको बारेमा समेत जानकारी लिएका छन् ।

मोटरसाइकल चालक र ट्याक्सी चालक हरु संग प्रहरीको आचरणको बारेमा बुझ्दै आफ्ना प्रहरी कर्मचारीहरुलाई पनि आफ्नो प्रहरीको नियमलाई अवलम्बन गरी जनतालाई मर्का नपुग्ने गरी काम कारवाही गर्न एसपी  रानाले निर्देशन समेत दिए । प्रहरी जवानहरुको काम कारवाहीमा कुनै कमजोरी नआओस र उनीहरुमा आफ्नो कर्तब्य र जिम्मेवारी बहन गर्नका लागी थप मद्दत पुगोस भनेर  आफु स्वयं फिल्डमा उत्रेर काम गरेको रानाले वताए । सिनियर अफिसरहरु यसरी फिल्डमा गएर काम कारबाहीमा सहभागी हुदा ड्युटीमा रहेका जवानहरुलाई पनि काम गर्ने मनोवल बढ्ने भएकाले आफु मात्र नभइ मातहतका सिनियर अफिसरहरुलाई पनि जवान संगै चेकिङमा उत्रेर काम गर्न रानाले अनुरोध गरेका थिए ।

चेकिङका क्रममा कुनै पनि प्रहरी कर्मचारीले सवारी चालकलाई दुख दिन नहुने वताउदै कोही कसैले कुनैपनि ठाउमा चेकिङको क्रममा सवारी चालकलाई दुख दिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत एसपी रानाले चेकिङको क्रममा भेटिएका सवारी चालकहरुलाई आग्रह गरेका थिए ।

चेकिङको क्रममा भेटिएका अधिकांस सवारी चालकहरुले सवारी चेकजांच गर्नु राम्रो काम भएको वताउदै  ट्राफिक नियम विपरित सवारी चलाउनेहरुलाई कारवाही गर्न आफुहरुले समेत सहयोग गर्ने वताएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button