प्रदेश ४ राष्ट्रपती कप उपाधी कास्कीलाई

पोखरा न्यूज -२२, जेठ ।  
पोखरामा सम्पन्न प्रदेश ४ स्तरिय राष्ट्रपती कपको उपाधी कास्की जिल्लाले प्राप्त गरेको छ । दुई दिन सम्म चलेको प्रतियोगितामा कास्कीले कुल १८ स्वर्ण, ८ रजत ७ काश्य पदक प्राप्त गर्दै उपाधी हासिल गरेको हो । उपाधी संगै कास्कीले नगद २० हजार प्राप्त गरेको थियो ।

कास्कीले करातेमा २ स्वर्ण २ रजत १ काश्य, तेक्वान्दोमा ३ स्वर्ण १ रजत र १ काश्य, उशुमा ३ स्वर्ण, १ रजत र १ काश्य, भलिबलमा छात्रा तर्फ १ स्वर्ण र कब्बडीमा छात्रा तर्फ १ स्वर्ण प्राप्त गरेको थियो ।

यसै गरि नवलपरासीले दोश्रो स्थान हात पारेको छ । नवलपरासीले ८ स्वर्ण ४ रजत र ४ काश्य प्राप्त ग¥यो भने तेश्रो स्थान हात पारेको लमजुङले ४ स्वर्ण, ४ रजत र काश्य प्राप्त गरेको छ । दोश्रो हुने नवलपरासीले नगद १५ हजार र लमजुङले नगद १० हजार प्राप्त ग¥यो ।

बिजयी जिल्ला र खेलाडीलाई प्रदेश ४ का सामाजिक बिकास मन्त्रि नर देबी पुन, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल लगाएतले पुरुस्कार पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अबसरमा बोल्दै प्रदेश मन्त्रि पुनले प्रदेशको खेलकुद बिकासका लागि आगामी बजेटमा कुल बजेटको ५ प्रतिशत ल्याउने तयारी गरिएको बताइन । उनले प्रदेश सरकार खेलकुद बिकासमा प्रतिवद्ध भएको जनाउँदै खेलाडीहरुलाई उचित सुविधा प्रदान गर्ने विषयमा समेत लागि पर्ने बताइन ।

दुइ दिन सम्म चलेको प्रतियोगिता बाट केन्द्रिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि १ सय १६ जना खेलाडी छनौट गरिएको छ।

कराते, तेक्वाण्दो, उसु, एथलेटिक्स, भलिबल र कबड्डी विभिन्न इभेन्ट्स तथा तौल समुह गरि ३७ स्वर्ण ३७ रजत र ४३ कास्य गरि कुल १ सय १७ पदकमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भलिबल एथलेटिक्स, कवड्डी, उसु, कराँते, र तेक्वान्दो, गरि ११ वटै जिल्लाबाट ७ सय ९२ जना खेलाडी र १ सय ३२ जना निर्णायकहरु गरि जम्मा ९ सय २४ जनाको सहभागीता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button