नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा १ को मृत्यु, १ घाइते

पोखरा न्युज – २२ जेठ ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्व  देवचुलि नगरपालिका -१४ छत्तिसघरे पूर्व पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको  मृत्यु भएको छ भने एक जना  घाइते भएका छन् ।

राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ५७३१ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको लु २३ प ६४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।

दुर्घटनामा परि मोटरसाइकल चालक रुपन्देहि टिकौलिगढ ९ का  २३ बर्षीय  कृष्ण प्रसाद थारुको मृत्यु भएको र  मोटरसाइकलमा  पछाडि सवार  नवलपरासी पश्चिम सुनवल नगरपालिका १० का  २६ बर्षीय तुलराज कुवर घाइते भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

दुर्घटना पश्चात दुवै घाइते भइ उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लागिएकोमा मोटरसाइकल चालक  थारुको उपचारको क्रममा मृत्यु भएको बस्यालले जनाए ।

 दुर्घटना पश्चात ट्रक, ट्रक चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button