प्रधानसेनापति क्षत्री भारत भ्रमणमा

पोखरा न्यूज -२३, जेठ ।
प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको छदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्

भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा उनि आज भारत प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ । उनलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुन स्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालीमको आयुक्त पद प्रदान कवाजको प्रमुख अवलोकन अधिकृतकारुपमा आतिथ्यता गर्नेछन् ।

भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणको दौरान प्रधानसेनापति श्री क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्चपदस्थ अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उनि यही जेठ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button