पोखराको सराङ्गकोटमा महिलाको शब भेटियो, हत्याको आशंका (भिडियो सहित)

पोखरा न्युज – २३ जेठ ।

पोखरा लेखनाथ महानगरपालिका – १८ सराङकोटमा महिलाको शब फेला परेको छ ।

सराङकोटको धोक्ने खोला सामुदायिक जंगलको झाडीमा महिलाको शब फेला परेको कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।  बुधबार दिउसो करिब १ बजेको समयामा अन्दाजी ३० बर्षीय  महिलाको शब जंगलको झाडीमा पात पतिङ्गरले ढाकेको अबस्थामा भेटिएको एसपी रानाले पोखरा न्युजलाई बताए । मृतक महिलाको शवको पहिचान भने भइनसकेको र शबको पोस्टमार्टमका लागी स्वास्थ्य बिज्ञान प्रतिस्ठान पोखरामा  राखिएको एसपी रानाले जानकारी दिए ।

शब पात पतिङ्गरले ढाकेको अबस्थामा भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याको आशंका  रहेको एसपी रानाले बताए । घटनाको बारेमा अनुसन्धान जारीरहेको र पोस्टमार्टम पछी थप जानकारी आउने रानाले बताए  ।

घटना स्थलमा मृत महिला चुरा पोते सिन्दुर लगाएको अवस्थामा  भेटिएकाले मृत महिला बिबाहित रहेको  प्रहरीको भनाइ छ ।

हामीलाई इमेलमा प्राप्त भएको भिडियो यहाँ प्रस्तुत गरेका छौ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button