पोखरा न्यूज -२५, जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ स्थित शुक्रराज माविले यस बर्षलाई स्वर्ण महोत्सवको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । २०२६ माघ १६ गते स्थापना भएको बिद्यालय स्थापनाको ५० बर्षघाँठ पुगेको अबसरमा चालु आर्थिक बर्ष २०७५/०७६ मा विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण बर्षको रुपमा मनाउने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
असोज, मंसिर, पुष र माघ महिनामा न्यूनतम एक कार्यक्रम सहित माघ १४ देखि १६ गतेसम्म बिषेश कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाईने तयारी भएको बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष एवं प्रदेश नम्बर ४ का सांसद समेत रहेका रामजी बराल जिवनले बताए । शहिद सुक्रराज शास्त्रीको स्मृतिमा निमार्ण भएको बिद्यालयले ५० बर्ष पुगेको अबसरमा उनको सालिक समेत निमार्ण गर्ने भएको छ । त्यसै गरी स्वागत द्धार तथा स्मारक निमार्ण, स्मारिका प्रकाशन लगायतका कार्यक्रम गरिने भएको अध्यक्ष बरालले बताए । स्वर्ण महोत्सव सम्पन्न गर्नको लागि १ हजार ५ सदस्य मुल समारोह समिति, ३५ सदस्यीय आयोजक समिति, ५ वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको बिद्यालयले जनाएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालको संयोजकत्वमा आर्थिक समिति, वडा सदस्य मातृका बरालको संयोजकत्वमा स्वागत द्धार, समाजसेवी लिलाधर पौडेलको संयोजकत्वमा स्मारिका प्रकाशन, बिद्यालय व्याबस्थापन समितिका का पुर्व अध्यक्ष हिमलाल बराल, बिद्यालयका सहायक प्रध्यानाध्यापक दिपकराज पौडेलको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप समिति गठन गरिएको बिद्यालयका प्राध्यानाध्यापक नरनाथ बरालले बताए ।