पोखरामा दृष्टिविहीनहरुले सञ्चालनमा ल्याएको उज्यालो बजारमा आगलागी , २ करोडको क्षती

पोखरा न्युज- २६ जेठ  ।

पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएका व्यक्तिलेहरुले सञ्चालनमा ल्याएको उज्यालो बजारमा  शुक्रबार राति आगलागी भएको छ ।

पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनीमार्केटमा संचालनमा रहेको उक्त बजारमा शुक्रबार राती करिब १२ बजे भएको आगलागीबाट करिब दुई करोडको क्षती भएको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । आगलागीबाट बजारका ६०  वटा सटर मध्ये १७ वटा सटर पुर्ण रुपमा जलेको, १७ वटा सटर आंशिकरुपमा क्षति भएको र बाकी २४ वटा  सटरमा कुनै क्षति नपुगेको रेग्मीले बताए ।

नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब डेढ घण्टा पछी १ :३० बजेको समयमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ  । विद्युत सट भएर आगोलागि भएको  प्रहरीको प्रारम्भिक अनुमान छ ।

 उज्यालो प्रतिष्ठान नेपालको सक्रियतामा दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशिलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ  बजार सञ्चालनमा ल्याइएको हो ।

बजार हातामा विशेषगरी किराना पसल, कस्मेटिक, फलफूल, तरकारी, होटल, खाजा पसल, , डेरी, फ्रेस हाउस, फेन्सीजस्ता पसल संचालनमा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button