पोखरा चापापानिबाट तास खेल्ने खेलाउने गरि ११ जना पक्राउ, नामावली सहित

पोखरा न्यूज- २६ जेठ ।

पोखरा लेखनाथ महानगरपालिका १२ चापापानिवाट तास खेल्ने ११ जना पक्राउ परेका छन् ।

चापापानिमा स्थानीय  राज गुरुङको घरमा अवैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा ६ बुक तास र  नगद रु १  लाख ६ हजार सहित ११ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोसाकको  प्रहरी टोलिले तास खेल्ने र खेलाउने कार्यमा संग्लन ब्यक्तिहरुलाई  पक्राउ गरि अनुसन्धान  भइरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा निम्न व्यक्तिहरु रहेको प्रहरीले उल्लेख गरेको छ ।
१.  पोखरा लेखनाथ  महानगरपालिका-११ रानिपौवा बस्ने बर्ष ६२ को नेत्र बहादुर गुरुङ ।
२.  पोखरा लेखनाथ  महानगरपालिका-११ रानिपौवा बस्ने बर्ष ५५ को लक्ष्मण गुरुङ ।
३.  पोखरा लेखनाथ  महानगरपालिका-११ रानिपौवा बस्ने बर्ष ५५ को गगन गुरुङ ।
४.  पोखरा लेखनाथ  महानगरपालिका-१२ माटेपानि बस्ने बर्ष ६२ को कृष्ण गुरुङ ।
५.  पोखरा लेखनाथ  महानगरपालिका-१२ माटेपानि बस्ने बर्ष ५२ को राज गुरुङ  (घरधनि) ।
६.  पोखरा लेखनाथ  महानगरपालिका-१२ माटेपानि बस्ने बर्ष ४८ को लिहित कुमार गुरुङ ।
७.  पोखरा लेखनाथ  महानगरपालिका-१२ चापापानि बस्ने बर्ष ५३ का लोक बहादुर गुरुङ ।
८.  पोखरा लेखनाथ  महानगरपालिका-१२ चापापानि बस्ने बर्ष ६० का मन बहादुर गुरुङ ।
९.  पोखरा लेखनाथ  महानगरपालिका-१३ भद्रकाली बस्ने बर्ष ६५ को तेज बहादुर गुरुङ ।
१०. पोखरा लेखनाथ  महानगरपालिका-१३ बाझापाटन बस्ने बर्ष ६० को रस बहादुर गुरुङ ।
११.  पोखरा लेखनाथ  महानगरपालिका-१३ संगमटोल बस्ने बर्ष ५९ को पिर सिहं गुरुङ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button