हाबाहुरिका कारण पोखरामा ५ वटा प्याराग्लाइडिङ खसे

पोखरा न्युज – जेठ,२७ ।

हाबाहुरिका कारण आइतबार पोखरामा ५ वटा प्याराग्लाइडिङ खसेका छन्  । पोखराको फेवातालमा २ वटा र डिहीकोपाटन नजिकैको डाँडामा ३ वटा प्याराग्लाइडिङ खसेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी  प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए  ।

डीएसपी  कार्कीका अनुसार दुर्घटनामा कुनै मानबिय क्षति भने हुन पाएन  । हाबाहुरिका कारण फेवातालमा माउन्टेन फ्लायेर र पिस हिमालयनका २ वटा प्याराग्लाइडिङ खसेका हुन्  ।

माउन्टेन फ्लायेरका पाइलट करण पहारी तथा प्यासेन्जर भारतीय नागरिक नारायण शर्मा र  पिस हिमालयनका पाइलट सुरेस नेपाली तथा प्यासेन्जर चिनियाँ नागरिक यु हान  हाबाहुरिका कारण तालमा खसेका डीएसपी  कार्कीले जानकारी दिए ।

त्यसैगरी डिहीकोपाटन नजिकैको डाँडामा राजेन्द्र केसी लगायतका अन्य दुईजना सोलो पाइलट खसेको कार्कीले बताए । उनीहरुलाई  स्थानीय जनता तथा प्रहरीको  टोलीले उद्दार गरेको डीएसपी  कार्कीले बताए  ।

पोखरामा एक्कासी  हावाहुरी सहितको पानीपर्दा  सराङकोटबाट उडेका प्याराग्लाइडिङ खसेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button