पोखरामा जारी तेस्रो मेगा एजुकेशन फेयरमा विद्यार्थीको घुइंचो

पोखरा न्यूज -२६, जेठ ।

पोखरामा शुक्रबार देखी सुरु भएको शैक्षिक मेला ‘तेस्रो मेगा एजुकेशन फेयर’ शनिबार पनि जारी छ । न्युरोडको सिटी स्क्वायरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि शैक्षिक मेला सञ्चालन भएको हो । शैक्षिक मेलामा विद्यार्थी र अभिभावकको घुइंचो नै लागेको छ ।

मेलामा उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि २० वटा भन्दा बढी संस्थाहरु सहभागी रहेका  छन् । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरु रहेको आयोजकले जनाएको छ । आफ्नै शहरमा विश्वप्रशिद्ध कलेजका प्रतिनीधिहरुसँग साक्षात्कार गरि त्यहाँको बारेमा निशुल्क जानकारी लिने अवसरको सदुपयोग गर्न विद्यार्थी र अभिभावकहरुलाई आयोजकले आग्रह समेत गरेको छ ।

शुक्रबार मेलाको प्रिजेन्टर समेत रहेको क्विन्सफोर्ड कलेजका प्रतिनिधि एवं इक्यानका केन्द्रिय निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, टाइटल स्पोन्सरमा ग्लोबल रिचकी शाखा प्रबन्धक सरीता गुरुङ र फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनलका प्रबन्ध निर्देशक सन्दिप अर्यालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन्  ।

अध्ययनका लागि रोजाईका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले बताए ।

मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने बताइएको छ । क्विन्सफोर्ड कलेज प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्नेछन् । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएने छ । फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन् ।

 इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गर्दै आएको  मेलाको यो तेस्रो संस्करण हो । मेला आझ साझ  सकिदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button