क्यान्सर पीडित बालिकाको उपचारका लागि सहयोगको याचना

पोखरा न्युज -२८, जेठ ।
सानै उमेरमा रक्त (ब्लड) क्यान्सर भएकी रत्ननगरकी एक बालिकाको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरकी ८ वर्षीया बालिका शिरिषा लामिछानेलाई ब्लड क्यान्सर भएपछि आार्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोगको याचना गरेका हुन् । उनको चितवन स्थित भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगत तीन हप्तादेखि उपचार भइरहेको छ ।

उनकी ठूलीआमा सीता लामिछानेले पैसा नभएकाले उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे। बालिकाको उपचारका लागि हालसम्म रु चार लाख खर्च भइसकेको भन्दै उनले अझै रु २०–२५ लाख खर्च हुने चिकित्सकको भनाइ उद्धृत गर्दै जानकारी दिए ।

शिरिषाको उपचारका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत शिरिषा लामिछाने बचाउ अभियान शुरु गरिएको छ । उक्त अभियानबाट हालसम्म रु ५० हजार संकलन भइसकेको छ । शिरिषाको उपचारका लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा रहेको शिरिषा लामिछानेको खाता नं ००८०७३५३५६००१९ मा आर्थिक सहयोग गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।

उनकी आमाले छाडेर अन्तै गएकाले आफूलाई आर्थिक जोहो गर्न थप समस्या भएको बुबा नारायण लामिछानेको भनाइ छ । नारायण वैदेशिक रोजगारीमा गएका बेला उनको रेखदेख ठूलीआमा सीताले गर्र्दै आएका थिए । “श्रीमती गएपछि छोरीको मुख हेरेर बसिरहेको थिएँ”, पीडा पोख्दै नारायणले भने, “छोरीलाई पनि ब्लड क्यान्सर भयो, मेरो अनुरोध छ छोरीलाई बचाई दिनुप¥यो ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button