तनहुँमा लागुऔषध सहित पोखराकी युवती र दोलखाका युबक पक्राउ

पोखरा न्यूज, २८ जेठ  ।

तनहुँमा लागुऔषध सहित पोखराकी एक युवती र दोलखाका युबक पक्राउ परेका छन् ।

लुम्बिनीबाट पोखरातर्फ आउँदै गरेको बसबाट  पोखरा लेखनाथ महानगरपालिका २ बस्ने १६ बर्षीय  रोजी श्रेष्ठ र दोलखाको  सुरी गाउपालिका ८ बस्ने  २६ बर्षीय  सागर खड्कालाई लागुऔषध सहित  पक्राउ गरेको प्रहरीले जनाएको  छ । सोमबार दिउसो ४:३०  बजेको समयमा तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा  पोखरातर्फ आउँदै गरेको ना ४ ख ३५१७ नम्बरको बसबाट सिरिन्ज ४ थान, डाइजेपाम ४४ थान, फेनेरागन ४४ थान र नुफिन ४४ थान लागुऔषध सहित  उनीहरुलाई  पक्राउ गरिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए  ।

पृथ्वी राजमार्गमा खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरु तनहुँमा पक्राउ परेका थिए  । उनिहरुलाई पक्राउ गरी  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button