पाल्पामा पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

पोखरा न्युज -२९, जेठ ।
स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रियस्तरको ‘स्केट फेस्टिबल जात्रा’ (पाल्पा संस्करण) आयोजना हुने भएको छ ।

आगामी असार ५, ६ र ७ गते प्रदेश नं ५ अन्तर्गत पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारको टुँडिखेल मैदानमा हुने फेस्टिबलमा माल्दिभ्स र भारतलगायतका मुलुकबाट स्केट खेलाडीले भाग लिनेछन् ।

परिवर्तनका लागि युवा नामक संस्थाद्वारा आयोजित फेस्टिबलको अन्तिम दिन असार ७ गते स्केट प्रतियोगिता हुने अध्यक्ष जागृत पहाडीले जानकारी दिए । प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी प्रतियोगितामा ‘प्लेयर्स टु वाच’ लाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पहाडीको भनाइ छ ।

सो परिवर्तनका लागि युवा नामक संस्थाले स्केट खेलको संरक्षण, प्रवद्र्धन तथा प्रोत्साहन गर्दै आएको छ । विसं २०७० मा स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै विभिन्न जिल्लाका विद्यालय तथा क्याम्पसमा स्केट खेलबारे गोष्ठी, स्केट खेल प्रतियोगिता तथा स्केट खेलबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पछिल्लो पटक राष्ट्रियस्तरको स्केट फेस्टिबल जात्रा काठमाडौँमा गतबर्ष सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button