खेलबाट देशलाई चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल

पोखरा न्युज -२९, जेठ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन्।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको ‘नेता/कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ मा उनले खेलाडीको कडा परिश्रम र कौशलताका कारण उनीहरुले जित्ने खेलबाट देशलाई विश्वमा चिनाउन सकिने बताए।

पार्टीका प्रशिक्षण विभाग प्रमुख भूवन पाठकले मानिसको क्रुरतालाई शान्त पार्न खेलकुदको विकास गरिएको जानकारी दिँदै यस क्षेत्रलाई समय सापेक्ष नयाँ खेलको विधा विकास गरिँदै गएकामा फुटसल त्यसैको नमूना भएको बताए ।

संगठनका अध्यक्ष महेशबहादुर सिंहले देश र जनताको विकास तथा प्रगतिका लागि नेता तथा कार्यकर्ताका बीच समन्वय र सहकार्यको खाँचो रहेको बताउँदै उनीहरुको मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सो प्रतियोगिता गरिएको जानकारी दिए ।

उक्त प्रतियोगितामा पुरुषतर्फ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन तथा महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विजय प्राप्त गरेका छन् ।

हाँडीगाउँस्थित धन्वन्तरी फुटसल प्रालिमा आयोजित सो प्रतियोगितामा छ टिमको सहभागिता रहेको सो खेलको फाइनलमा पुरुषतर्फ राप्रपा केन्द्रीय कार्य समितिको टिमलाई राप्रविसं टिमले जितेको हो ।

यस्तै, महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीचको खेलमा राप्रमसंले विजय प्राप्त गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button