पोखरा – ७ शान्तिनगरमा करिब डेढ महिनाको बच्चा छाडेर आमा बेपत्ता

पोखरा न्यूज-३०, जेठ ।

पोखरा लेखनाथ महानगरपालिका – ७ शान्तिनगरमा करिब डेढ महिनाको बच्चा छाडेर आमा बेपत्ता भएकी छन् । मंगलबार बिहान शान्तिनगर स्थित एक सटर अगाडी ब्ल्याङ्गकेट सहित भुइँमा सुताएर राखेको अवस्थामा करिब एक डेढ महिनाको नावालक भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपि नविन कार्कीले जानकारी दिए ।

मंगलबार बिहान सबेरै बेवारिसे अवस्थामा बच्चा देखेपछी स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । बच्चाका आमा बाबु नभेटिएपछी प्रहरीले बच्चालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका लागी लगेका थिए । बच्चालाई लामो समय बाहिर हावामा छाडेका कारण बच्चाको अस्वस्थ भएकोले उद्धार गरि तत्काल अस्पताल पुर्याइएको डिएसपि कार्कीले बताए । बच्चालाई जन्डिस देखिएको र अहिले उपचार पश्चात बच्चाको अवस्था खतरा मुक्त रहेको उनले जानकारी दिए । ‘बच्चालाई जन्डिस देखिएको छ । उपचार पश्चात बच्चाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । बच्चा खतरा मुक्त रहेको उपचारमा संग्लग्न डाक्टरहरुले बताउनुभएको छ,’ – डिएसपि कार्कीले पोखरा न्यूजलाई भने ।

अहिलेसम्म कसैले बच्चा हराएको भन्ने खबर नगरेकोले बच्चाको अभिभावकलेनै नियतबस बच्चा छाडेर भागेको ठहर भएको डिएसपि कार्कीले बताए । बच्चा भेटिएको खबर थाहा पाएपछि धेरै संख्यामा बच्चा नहुने आमा बुवा माग्न आएको कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय, महिला विकास कार्यालय जस्ता सम्बन्धित निकायबाट प्रक्रिया पु¥याएर आउने व्यक्तिलाई बच्चा धर्मपुत्रका रुपमा पाल्न दिन सकिने उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button