बागलुङको दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु

पोखरा न्युज -३१, जेठ ।

 बागलुङ ताराखोला गाउँपालिका–२ अर्गलमा आज अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ ।

घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नंको जीप दुर्घटना हुँदा ताराखोला –३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा वडा नंं ३ कै २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए ।

जीप कच्ची सडकबाट ४०० मिटर तल खसेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button