फुटबलको महाकुम्भ शुरु

पोखरा न्युज -३१, जेठ ।
फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटनमा खेलमा आयोजक रुस र साउदी अरेबिया आमनेसामने हुँदैछन् ।

रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा आज राति नेपाली समयअनुसार ८ः१५ बजे उद्घाटन हुनेछ भने ८ः४५ बजे विजयी लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रदैँछन् । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन् ।

त्यस्तै विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेको अभिलेख छैन । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघले उद्घाटन खेल खेलेको थियो जसमा खेल बराबरीमा टुङ्गिएको थियो । त्यस्तै सोभियत सङ्घले सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यता साउदी अरबले भने सन् २०१० र २०१४ मा विश्वकपमा खेल्न पाएको थियो भने सन् १९९४ को विश्वकपमा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button