पोखरा लेखनाथका प्रमुख जिसीद्वारा दुःख व्यक्त

पोखरा न्युज -०२, असार ।
पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको दुवै किनारमा फुटट्र्याक निर्माणको शुभारम्भ गर्ने कार्यक्रमका क्रममा भएको दुर्घटनाप्रति पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दुःख व्यक्त गरेका छन् ।

फुटट्र्याक निर्माणको शुभारम्भका क्रममा असावधानीबस एक्कासि एक्साभेटरको बकेट चलेर भएको दुर्घटनाप्रति जिसीले आज प्रकाशित विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा घटनामा घाइते भएका पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ, नगरवासी गौरी पौडेल तथा केशव बरालको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

घाइतेलाई प्रत्यक्ष सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिइएको र महानगरपालिकाले आवश्यक उपचारको सम्पूर्ण व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेभी मेसिनरी औजारको प्रयोग गरी फुटट्र्याक निर्माणको शुभारम्भ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना घटेको स्पष्ट पार्दै विज्ञप्तिमा जिसीले नैतिक जिम्मेवारी लिएको उल्लेख गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button