यति एयरलाइन्सको विमान पोखरामा ठुलो दुर्घटना हुनबाट बच्यो

पोखरा न्युज -०३, असार । 
यति एयरलाइन्सको विमान पोखरामा ठुलो दुर्घटना हुनबाट बच्न सफल भएको छ । काठमाडौबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको नाईन एन.ए.एच.यू. नम्बरको विमान पोखरा विमानस्थलमा अवतरण गर्दा ठुलो दुर्घटना हुनबाट बच्न सफल भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौंबाट आज दिउसो करिब पौने ३ बजेको समयमा पोखरामा ल्याण्डीङ गरी पार्किङमा जार्दै गर्दा एक्कासी उक्त विमानको हाईड्रोलिग फेल भए पछि विमान रन वे छाडेर घाँसे मैदानमा पुगेको पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाँइले बताए । विमानमा रहेका ३० जना यात्रु सहित चालक दलका सवै सकुसल रहेको उनले जनाए । उक्त विमान तिव्र गतिमा रन वे मा ल्याण्डीङ गर्दा हाईड्रोलिक भएको भए ठुलो दुर्घटना निम्तिन सक्ने प्राविधिहरुले बताएका छन्।

उक्त विमानको निरिक्षकणको लागि काठमाडौबाट प्राविधिक टिम बोलाईएको प्रमुख गुरागाँईले बताए । हाईड्रोलिग फेल हुदा कुनै पनि विमान आफ्नो ट्याकमा हिड्न सक्दैन । उक्त विमान रन वे भन्दा बाहिर पुगेसंगै उद्धारको लागि खटिएको विमान्स्थलको टोली दमकल सहित तत्काल विमानस्थल नजिक पुगेको थियो । पोखरा एयरपोर्ट देखि नागढुंगा क्षेत्रबाट उक्त विमान के भएको भन्ने बिषयमा हेर्नेहरुको केही समय भिड नै लागेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button