राजश्व र व्ययको वार्षिक अनुमान विषयक छलफल

पोखरा न्यूज- ४, असार

प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको आव २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु भएको छलफलमा आज पनि सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।

आजको छलफलमा भाग लिँदै सदस्यहरूले बजेटले संघीयताको संस्थागत विकाससँगै धेरै विषय र क्षेत्रलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै सबैको एकताबद्ध प्रयासमा कार्यान्वयन पक्षलाई प्रभावकारी बताउनु पर्नेमा जोड दिए ।

प्रदेश नं ४ लाई नमूना प्रदेशका रुपमा विकास गर्न बजेट आधारशीला भएको भन्दै सदस्यले बजेटले समेट्न नसकेका विषयलाई आगामी दिनमा समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिए ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेटले गाउँ र नगरपालिकालाई जोड्नका लागि सडकमा प्राथमिकता दिएको बताउँदै आर्थिक वर्षको शुरुमै गाउँगाउँमा विकास निर्माणले गति लिएसँगै बजेटको प्रभावकारिता देखिने उल्लेख गरे ।

अर्का सदस्य धनमाया लामा पोख्रेलले बजेटले सबै क्षेत्रलाई समेटेको भए पनि प्रदेश नं ४ को महत्वपूर्ण उद्योगका रुपमा रहेको गोरखकाली रबर उद्योग सञ्चालनबारे ध्यान नपुगेको धारणा राखेका थिए ।

प्रदेशसभा सदस्य ललितकला गुरुङले ग्रामीण क्षेत्रमा रित्तिएको बस्तीलाई भरिभराउ नबनाएसम्म बाझिएको जमिनलाई उत्पादनमूलक बनाउन कठिन हुने धारणा राखे ।

आजको छलफलमा सत्ता पक्ष र विपक्षका गरी कूल २८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button