पोखरा विमानस्थल निमार्णको लागि चिनबाट मेसिनरी सामग्री सहित ट्रक पोखरा भित्रिए

पोखरा न्यूज -०६, असार ।

चिनिया कम्पनिका केहि ट्रक सहितका मेसिनरी सामानहरु चिनको केरुङ नाका देखि नेपालको रसुवागढी नाका हुदै बुधबार पोखरा भित्रिएका छन्।

पोखरामा निमार्ण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि चिनिया कम्पनिले आफ्नै देशबाट ट्रक सहितका मेसिनरि सामानहरु पोखरा भित्राएको हो । बुधबार ट्रक सहित १६ वटा गाडीहरु नेपालको भन्सार हुदै बुधबार निमार्णाधिन पोखरा विमानस्थल सम्म ल्याएको एक चालक सहदेव श्रेष्ठले बताए । चिनिया गाडीहरु एकै पटक साँघुरो र कच्ची सडकमा चलाउनु परेकोले केहि प्राविधिक समस्या आएको कारणले एक दिनको बाटोमा दुई दिन लागेको उनले बताए ।

२८ वटा गाडीहरु केरुङ हुदै नेपालको भन्सारमा आए पनि बाँकी १२ वटा गाडी दोश्रो चरणमा ल्याउने भएको चिनिया सि.ए.एम.सी.कम्पनिका पब्लिक रिलेसन अफिसर कृष्ण प्रसाद चापागाईले बताए । करिब ४ महिना अघिदेखि चिनिया कम्पनिबाटै आयात गरी २० वटा हेवी ईकुप्मेन्टबाट विमानस्थल निमार्णको काम भइरहेको उनले जनाए । पहिलो चरणमा भाडाका टिप्पर सहितका गाडीहरु प्रयोग गरे पनि दोश्रो चरणमाचाईनाको सिएएमसी कम्पनिले आफ्नै देशबाट ल्याएको उनले जनाए ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनकर्मीले पोखरा विमानस्थल निमार्णको हाल करिब १२ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button