सेती नदीमा व्यक्ति हाम फालेको आशंकामा दिनभर खोजी कार्य जारी

पोखरा न्यूज- ९, असार ।

सेतीनदीमा एक व्यक्ति हाम फालेको अपुष्ट खबरले सुरक्षकर्मी र स्थानियले शनिबार दिनभर जसो सेतीनदीको खोचहरुमा खोजी कार्य गरेका छन।

सेतिनदीको माथिल्लोे भागमा रहेको पोखराको महेन्द्रपुलबाट बिहान एक जना हाम फालेको आशंकामा सुरक्षाकर्मीले दिनभर जसो खोजी कार्य गर्दा पनि शनिाबार बेलुकासम्म केहि पत्ता  लगाउन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रबिन्द्र मान गुरुङले  बताए । शनिबार विहान करिब ५ः३० बजेको समयमा महेन्द्रपुलको दक्षिणपट्टि भागको मध्यभागबाट एक जना सेतीनदीमा हामफालेको स्थानियको सुचनाको भरमा कास्कीमा रहेको सुरक्षाका तीनवर्टै अंग परिचालन गरी खोजी कार्यमा जुटेको   गुरुङले पोखरा न्यूजलाई बताए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी वलको रेस्क्यू टिमले बेलुकासम्म खोजि कार्य गर्दा समेत केहि पक्ता लगाउन नसकिएको डिएसपी गुरुङले जनाए । उनले भने “ हामीले पनि कुनै व्यक्ति नदीमा हाम फालेको भन्ने आशंमा विहानै देखि खोजी कार्य जारी राखेका छौं, सेतीनदीका विभिन्न खोचहरुमा खोजी कार्य गर्दा केहि पत्ता लगाउन सकिएको छैन। ”

स्थानिय शान्ति श्रेष्ठले शनिबार विहान एक व्यक्ति फोहोर फालेसरी महेन्द्रपुलको बिच भागबाट बेपत्ता  भएको बताइन । उनले भनिन “ म विहानै उठेर दाँत माज्दै महेन्द्रपुलतर्फ हेर्दै गर्दा एक व्यक्तिले फोहोर फाल्न गएसरी महेन्द्रपुलको बिच भागबाट हरायो, केहि सेकेण्डमै एक किसिमको आवाज आयो, त्यस पनि घर परिवारलाई खबर गरी हामीले प्रहरीलाइ जानकारी गराएका हौं । ” हरियो रंगको कपडा लगाएको एक व्यक्ति हाम फालेको उनले बताइन ।

यसैबिच, पोखरा लेखनाथ महानगरपालिका कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल आज विहान देखि हालसम्म सम्पर्क बिहिन भएका छन। उनले प्रयोग गर्ने दुबै मोवाईल घरमै छाडेर विहानै घरबाट निस्केका हालसम्म उनको कुनै सम्पर्क नभएको उनका आफन्तहरुले गुनासो गरेका छन। सेतीनदीको मेहन्द्रपुलबाट हाम फाल्ने व्यक्तिको पहिचानको लागि ओमराजका आफन्त समेत सुरक्षाकर्मीसंग खोजी कार्यमा विहानै देखि जुटेका छन। तर हालसम्म हाम फालेको व्यक्ति  र ओमराजको बारेमा समेत केहि पत्ता नलागेको  स्थानिय तथा प्रहरीले जनाएको छ ।

ओमराजका आफन्त बिहानै देखि निरास हुदै उनको खोजीमा लागेका छन । यदी ओमराज पौडेल कुनै स्थानमा भए तत्काल घर, परिवार तथा आफन्त समक्ष सम्पर्कमा आउनका लागि उनका आफन्तले पौडेल समक्ष आग्रह गरेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button