पर्वतमा करेण्ट लागेर वृद्धको मृत्यु

पोखरा न्यूज- ९, असार ।

पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा करेण्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

मोदी–२, देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । तरकारीका लागि थाँक्रो काट्न गएका वृद्धलाई विजुलीको थ्रीफेज लाइनमार्फत बुटामा विद्युत् प्रवाह भएकाले करेण्ट लागेको प्रहरीले जनाएको छ ।

विद्युत्को तारलाई छोएको बुटामा चढेर हाँगा काट्दा करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button