लेकसाइडमा वातावरण प्रदुषण हुने गरी सडकमै व्यापार, जनप्रतिनिधी लाचार

डीएनबी, पोखरा न्यूज- ९, असार ।

पर्यटकीय नगरी पोखराको हल्लनचोकमा वातावरण प्रदुषण हुने गरी केहि व्यावसायीहरुले व्यापार गर्दै आएका छन् ।

हजारौं पर्यटकहरुको ओहोर दोहोर गर्ने र स्थानियहरु समेत बसोवास गर्ने उक्त क्षेत्रमा केहि व्यवसायीहरुले धुलो र धुवा हुने गरी खुल्ला आकासमा अब्यबस्थित ढंगले विभिन्न किसिमका मासु र मासुजन्य पदार्थहरु आगोमा पोलेर व्यापार गर्दै आइरहेका छन् ।

सम्बन्धित निकायले  यसको व्याबस्थापन गर्न नसक्दा आफुहरु ठुलो मारमा परेको स्थानियले गुनासो गरेका छन।  यस बिषयमा जनप्रतिनिधिहरु  लाचार देखिन्छन। पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ ले पटक पटक वातावरण प्रदुषित हुने गरी व्यापार नगर्न दिएको निर्देशनलाई बेवास्ता गर्दै  जनप्रतिनिधिहरु लाचार गैरजिम्मेवार  भएको स्थानियले बताए । फेवातालको किनारमा पर्ने सो  क्षेत्रमा हाल दैनिक जसो वेलुका देखि राति १० बजेसम्म बाहिर सडक पेटिमै धुलो र धुवा हुने गरी खुल्ला आकासमा विभिन्न किसिमका मासु पोल्दै आउदा वातावरण प्रदुषित भएको छ ।

विभिन्न किसिमका मासु र मासु जन्य पदार्थ खुल्ला आकासमा नपोल्न आग्रह गर्दै आउदा पनि हालसम्म व्यवसायीहरुले अटेर गरी व्यापार गर्दै आएको वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले पोखरा न्यूजलाई बताए । उनले भने “ पोखराको हल्लनचोक क्षेत्रमा देश विदेशका पाहुनाहरु आउने ठाँउमा व्यबस्थित ढंगले वातावरण प्रदुषित नहुने गरी व्यापार गर भन्दा केहि व्यवसायिहरुले हामीलाई अटेर गरेका छन। अब हामीले अन्तिम चेतावनी सहितको लिखित पत्र पठाउने छौं, त्यो गर्दा पनि खुल्ला आकासमा मासु पोल्ने काम भएमा हामीले नगरप्रहरी लगाई त्यस्तो व्यापार गर्ने व्यक्ति सहित सामान उठाउने छौं । ”

करिब एक दर्जन जसो केहि व्यपारीहरुले विगत केही बर्ष देखि यसरी खुल्ला आकासमा विभिन्न किसिमको मासु, ससेज, कुखुराको खुट्टा पोल्दा   धुलो र धुवाले स्थानिय, पर्यटकहरुलाई समेत असर पार्ने गरेको स्थानियको गुनासो छ । हल्लनचोकमा एक स्थानियले भने “ हाम्रा केहि व्यापारी साथीहरुले व्यापार गर्ने नाँउमा अर्कोलाई असर पर्ने गरी गर्नु हुन्न भन्ने कुरा थाहा छ तर उनीहरुको अनुगमन गर्ने प्रभावकारी निकाय नहुदा उनीहरुले प्रसय पाएका हुन। ”

अध्यक्ष पहारीले भने  चिम्निको प्रयोग गरी वातावरणमा कसैलाई असर नपर्ने गरी व्यवसाय गर्न आग्रह गर्दा गर्दै अटेर गरेको बताउछन । सडक पेटिमा वातावरण प्रदुषण हुने गरी कसैलाई व्यापार गर्ने अधिकार नरहेको भन्दै  पहारीले आफुहरु अब एक्सनमा जानुपर्ने अबस्था आएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button